डलर साटिदिने भन्दै ५ लाख रुपैयाँ ठगी



भक्तपुर,असोज १ । मध्यपुर ठिमी नगरपालिका २ मनहरा दिव्यश्‍वरी प्लानिङबाट डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी भएको छ ।

काठमाडौं तार्केश्वर नगरपालिका ७, फुटुङ बस्‍ने २८ वर्षीय पुरुषको पाँच लाख रुपैयाँ  ठगी भएको हो ।

ती पुरुषलाई सोमबारदेखि हामी चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाई उक्त रकम लिई कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर तीनजना अपरिचित व्यक्ति फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । (


SHARE THIS