पछिल्लो २४ घण्टामा एक हजार ३५६ कोरोना संक्रमित थपिए



दाङ,असोज ६। देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ३५६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३५६  संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । 

पछिल्लो २४ घण्टामा ८२३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४८ हजार ६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।


पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ३४ हजार ९७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ९ हजार १९३ जना र होम आइसोलेसनमा ८ हजार ९४९ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १७१ जना क्‍वारेन्टिनमा रहेका छन् । 

देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

यससँगै कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । 

शनिबार देशभर एक हजार २०४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी दुई हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए । 

आइतबार देशभर एक हजार ३२५ जनालाई कोरोना संक्रमण भएको थियो भने देशभर विभिन्‍न अस्पतालबाट ९६६ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो । 


सोमबार देशभर एक हजार १५४ कोरोना संक्रमित थपिएका थिए भने एक हजार जनालाई डिस्चार्ज गरिएको थियो । त्यसैगरी सोमबार सबैभन्दा बढी एकदिनमा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 


SHARE THIS