रोल्पामा लागु औषध सहित दुई महिला पक्राउ



दाङ,असोज ६ । लागु औषध रोल्पामा सहित दुई जना महिला पक्राउ परेका छन् । पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा जिल्लाको थवाङ गाउँपालिका २ ठुलोगाउ बस्ने ४५ बर्षकी मुलि झाँक्रि र सोहि ठाउँका ३५ बर्षिकी मुलज्योति रोका रहेका छन् ।


प्रहरी निरीक्षक शंकर खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले सोमवार बेलुकी सोहि वडाको छेरवाङमा चेकजाँच गर्ने क्रममा ती महिलाहरुको साथबाट लागु औषध फेला पारेको हो ।


उनीहरुको साथबाट बाह्र युरिया अन्दाजी १० केजी लागु औषध अफिम बरामद गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी प्रवक्ता तथा बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।


SHARE THIS