
दाङ,भदौ २२ । दाङको घोराहीमा रहेको कृतिम तालमा डुवेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। घोराही उपमहानमगरपालिका वडा नम्वर ४ मा रहेको भकारे तालमा डुवेर बेपत्ता भएका गोग्लीका २२ बर्षीय गोपाल सुनारको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
नेपाल प्रहरीको अघुवाईमा बेपत्ता भएका युवकको विहानै देखी खोजीकार्य भईरहेको छ । आईतवार दिउँसो पौने तिन बजे चार जना साथीहरु संग पोखरीमा पौडी खेल्न गएको उनी डुवेर बेपत्ता भएका थिए ।