सेभियाको पुनरागमन जित


दाङ, असोज १२ । स्पेनिस ला लिगा फुटबलमा सेभियाले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा सेभियाले काडिजलाई ३–१ गोल अन्तरले हराएको हो । 

काडिजको घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन लुका डी योङ, मुनियल इ हडडी र इभान राकिटिकले एक–एक गोल गरे । यता काडिजका लागि सान्चेज पोन्केले एक गोल गरे । 

खेलको ४८ औँ मिनेटमा सान्चेजले गोल गर्दै काडिजलाई अग्रता दिलाए । ६५ औं मिनेटमा सेभियाका लागि डी योङले बराबरी गोल फर्काए । ९० औँ मिनेटमा मुनियलले गोल गर्दै सेभियालाई २–१ गोलको अग्रता दिलाए । 

खेलको इन्ज्यूरी समयमा राकिटिकले गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए । जितसँगै सेभियाले लिगमा एक खेलबाट तीन अंक जोडेको छ । तीन खेल खेलेको काडिचको तीन अंक छ । 


SHARE THIS