नारायणी अस्पतालमा कोरानोको लक्षण देखिएका व्यक्तिको मृत्यु

COVID-19 survivor from Kerala falls to death in Dubai

वीरगञ्ज, भदौ २२ । वीरगञ्जको नारायणी अस्पतालमा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका ४ सपहीका २३ वर्षीय युवकको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा आइतबार राति ल ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

श्वासप्रश्वासलगायत कोभिडको लक्षण देखिएका उनी आइतबार दिउँसो अस्पतालमा भर्ना भएका भएका थिए ।

मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको डाक्टर चौैरसियाले बताए ।

SHARE THIS