स्वास्थ्य संयाेजक देखि पत्रकारहरू समेतलाई काेराेना परिक्षण रिपाेर्टकाे सुचना पाउनै मुस्किल

प्रतिष्ठान भन्छ  हामीलाई सिधै सम्बन्धित गाउँपालिका र मिडियालाई सुचना दिन मिल्दैन,
समयमै अधारिक सुचना नपाउँदा दाङमा पत्रकार देखि नागरिक सम्मलाई सास्ती, सम्बन्धित निकाय मूकदर्शक
No description available.
सन्ताेषकुमार गुप्ता, 
दाङ, भदाै १७ । दाङकाे राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई पनि आज बुधबार आफ्नाे गाउँपालिकाकाे काेराेना परिक्षणकाे रिपाेर्ट लिन निकै सास्ती खेप्नु पर्याे । गत भदाै १३ गते गाउँपालिकाकाे विभिन्न वडाबाट स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका लागि पठाईएकाे थियाे । त्यसकाे रिपाेर्ट आज दिउँसाे आएन पनि सिंधै प्रतिष्ठानबाट रिपाेर्ट लिन नपाएपछि निकै मेहन्त र भनसुनकाे अधारमा रिपाेर्ट लिनु परेकाे बताए । याे त एउटा उदाहरण मात्र हाे । यसले गर्दा सम्बन्धि गाउँपालिकालाई समेत काेराेना परिक्षणकाे रिपाेर्ट लिन निकै सास्ती खेप्नु बताउँछन् ।

यस्तै भदौ १५ गते जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले करिब साँझको ८ बजेको समयमा आफ्नो फेसबुकमा एउटा स्टाटस् लेखे । जुन स्टाटसमा भनिएको थियो प्रतिष्ठानबाट आज कुनै अपडेट पाउन सकिएन । उनले भन्न खोजेका थिए कोरोना परिक्षणको रिपोर्जटको जानकारी स्वास्थ्य कार्यालयलमा प्राप्त हुन सकेन ।

कोरोना परिक्षण गर्दै आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अघिल्लो दिनसम्म जिल्ला स्वास्थ्य कार्याललाई छिटो जानकारी दिन नसके पनि जेनतेन साँझको समयमा कोरोना परिक्षणको रिपोर्ट दिने गरेको थियो । तर त्यस दिन प्रतिष्ठानले स्वास्थ्य कार्यालयलाई कुनै अपडेट बनाएन । त्यस्तै अघिल्लो दिनसम्म प्रतिष्ठानले आफ्नो फेसबुक पेजबाट पनि ढिलै गरेर जानकारी दिने गरेको थियो र सञ्चारमाध्यमले त्यसैको आधारमा सूचना लिने गरेका थिए । तर सोही दिन देखियता फेसबुकमा पनि जानकारी बनाउने गरेको छैन भने सम्बन्धित ब्यक्तिको फोन उठ्ने गरेको छैन ।

जसले गर्दा सञ्चार माध्यमलाई सूचना संकलन गर्न नै सकस भएको छ भने नागरिकहरु छिटो सूचना पाउनबाट बञ्चित हुनु परेको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई समेत सूचना प्राप्त हुन नसकेपछि सञ्चारमाध्यमलाई सही सूचना दिन निकै सकसको अवस्था सिर्जना भएको छ । महामारीको रुपमा फैलिएको कोरोना रिर्पोटको आधिकारीक जानकारी दिने जिल्ला स्वास्थ्य कार्यालयमा समेत सूचना नहुँदा नागरिकले सही सूचना पाउन सकेका छैनन् ।

यसरी गर्छ कपिलवस्तुको जिल्ला स्वास्थ्य कार्यालयले कोरोना परिक्षण रिपाेट्को सार्वजनिक

सूचनाको हक सम्बन्धी ऐन २०६४ ले सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउने भनिएको छ । तर दाङमा नागरिकलाई त परै छ महामारी जस्तो सम्बेदनशिल कोरोना सम्बन्धी रोगको सञ्चार माध्यमले समेत सूचना पाउन सक्ने आवस्था छैन । १५ गतेको त एक उदाहरण मात्र हो । यस अघि पनि जिल्लामा आधिकारीक सूचना पाउन सकस हुने गरेको थियो ।

सम्बन्धित पालिकाबाट संकलित स्वाब परिक्षणका लागि पठाइएको स्वाबको नतिजा प्रतिष्ठानले अहिले केन्द्रमा पठाउने गरेको छ । तर नतिजाको बारेमा सम्बन्धित पालिकालाई समेत जानकारी नगराउँदा कोरोनाको नतिजा के भएको हो  भन्ने बारे एकिन गर्न मुस्किल हुने गरेको छ । समयमै सही, तथ्य र विश्वसनीय सूचना प्रवाह गरेर समुदायस्तरबाट संकलन गरिएका स्वाबको नतिजा दिएर कोरोना रोकथाम गर्न सहयोग गर्नुुपर्नेमा ढिलो गरी दिएको सूचनाको कुनै अर्थ रहँदैन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको परिक्षण गर्ने र त्यसको नतिजा सम्बन्धित पालिका वा संस्थालाई नदिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मात्रै नतिजा पठाउन शुरु गरिएपछि भएको अन्यौलले सूचना संकलनमा पनि संचारमाध्यमलाई समस्या थपिएको छ ।

यस सम्बन्धमा प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले मन्त्रालयको निर्देशन बमोजिम काम गरिएको बताउँछन् । उनले केन्द्र सरकारले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई जानकारी गराउने र त्यहीँबाट कोरोनाको नतिजा थाहा हुने बताए । प्रतिष्ठानका रजिष्ट्रार प्याकुरेलले केन्द्रलाई पठाएको विवरणको जानकारी सम्बन्धित पालिका वा संस्थालाई दिन नमिल्ने समेत प्रष्ट पारेका छन् । उनले केन्द्रमा मात्र पठाउने भनिरहँदा यता कोरोना परिक्षण गर्दै आएको बाँकेको भेरी अस्पतालले भने दैनिक जानकारी दिने गरेको छ । अन्य जिल्लाका स्वास्थ्य कार्यालय समेत छिटो सूचना दिने गरेका छन् । दाङमा भने यस्तो हुन सकेको छैन ।

यसरी गर्छ भेरी अस्पतालले सूचना प्रकाशन ।

हिजो दाङमा १७ जनामा कोरोना संक्रमण भएको पाइएको छ । जसमा भेरी अस्पताल बाँकेमा ५ जना र अपुष्ट समाचार अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा १२ जनामा कोरोना देखिएको हो । तर स्वास्थ्य कार्यालयले तुलसीपुरका ५ र घोराहीका १ जना गरी ६ जनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको भनी तथ्यांक अध्यावधिक गरेको छ । आधिकारीक जानकारी लिन दाङमा पत्रकारहरूलाई निकै सास्ती भाेग्नु परेकाे छ । यस बिषयमा थप जानकारी लिन प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई पटक पटक फाेन सम्पर्क गर्दा समेत फाेन उठेन । उपकुलपति भण्डारी संग जानकारी लिन विभिन्न सञ्चारमाध्यमहरूले समेत फाेन गर्दा कहिलैं फाेन नउठ्ने बताएका छन् । फाेन नउठ्नु उपकुलपति भण्डारीकाे ठुलाे समस्या रहेकाे प्रतिष्ठानकै कर्मचारीहरू समेत बताउछन् ।

SHARE THIS