
काठमाडौँ, भदौ २२। कोरोना भाइरसबाट मृत्यु भएकाहरुको शरिरका विभिन्न अंगहरु झिक्ने गरेको भन्दै गलत हल्ला फैलाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सुब्बालाई सोमबार ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो । प्राकृतिक चिकित्सक लिम्बुले एक युट्युब च्यानलमा अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर शरीरबाट किड्नी, आँखा र लिभर निकाल्ने बेच्ने गरेको आरोप लगाएका थिए ।
कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी गर्ने चिकित्सक सुब्बाले सरकारमा मगन्तेहरु बसेको र कोरोनालाई भ्रष्टाचारको माध्यम बनाएको आरोप लगाएका थिए । समाजालई भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरीष्ट उपरीक्षक दिपक थापाले बताए ।