चितवनमा कोरोना संक्रमित एक महिलाको मृत्यु

कोरोनाबाट चितवनमा थप एक महिलाको मृत्यु

सुवास पण्डित
चितवन, भदौ १८ । चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको उपचारको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले दिएको जानकारीअनुसार उनमा झाडापखाला, खोकी र सोडियमको मात्रा कम थियो ।

उनलाई उपचार गर्न भदौ ५ गते चितवन मेडिकल कलेजमा पु¥याइएको थियो । उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

अवस्था जटिल भएपछि ती महिलालाई आइसियूमा भेन्टिलेटरको सहायतामा राखिएको थियो ।

चितवनमा कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भएको छ । तीमध्ये चितवनका मात्रै १० जना र अन्य जिल्लाका ८ जना छन् ।

SHARE THIS