रिलायन्स लाईफ ईन्स्योरेन्सको आफ्ना एजेन्सी म्यानेजरहरु लाई सम्मान


कमल ओली 

दाङ, असोज १० । रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड शाखा कार्यालय घोराही दाङले आज एक कार्यक्रमका बिच आफ्ना ३२ जना एजेन्सी म्यानेजरहरु लाई सम्मान गरेको छ ।

कार्यक्रममा शाखा प्रमुख रुद्रप्रसाद अधिकारीले सम्मानित हुने सम्पुर्णलाई बधाई दिदै आगामी दिनहरुमा अझ राम्रो सँग अगाडी बढ्न बिभिन्न आफ्ना गतिबिधी सुनाउदै अनुरोध गर्नुभयो । अबका दिनहरुमा रिलायन्स लाईफ ईन्स्योरेन्समा जो आउछ उसको भविस्य अगाडी बढ्छ । कार्यक्रममा शाखा प्रमुख अधिकारीले रिलायन्स लाईफ ईन्स्योरेन्सको विषय माथि धेरै कुराहरु प्रश्ट पार्नु भयको थियो भने कार्यक्रमको सहजीकरण तिलक पाण्डेले गरेका थिए ।



SHARE THIS