तुलसीपुरबाट लागुऔषध सहित दुई जना पक्राउ



दाङ,असोज ११ । दाङको तुलसीपुरबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले गएराती तुलसीपुरबाट रोल्पाका कर्मबहादुर बुढा र राजकुमारी बुढालाई पाँच किलो लागुऔषध अफिम सहित पक्राउ पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गुम्रहा चोक नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् । उनीहरु दुवैजना तुलसीपुर ६ मा डेरागरी बस्दै आएका थिए । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


SHARE THIS