निषेधाज्ञा खुलेपछि उपत्यका छाड्ने भन्दा भित्रिने बढी



काठमाडौं,असोज ११ । काठमाडौं उपत्यकाको निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा बढी देखिएको छ । दशैं लगायतका महत्वपूर्ण चाडबाड आउनुअघि खुला भएको उपत्यकाको आवागमनमा उपत्यका छाडेर जानेभन्दा भित्रिनेको संख्या बढी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

१० दिनको अवधिमा कूल ४१ हजार ६ सय १७ वटा सवारीसाधन उपत्यकामा भित्रिँदा १ लाख ७४ हजार ८ सय ४४ जना यात्रु उपत्यकामा प्रवेश गरेको महाशाखाको तथ्याङ्क छ । त्यस्तै, यो अवधिमा ४१ हजार २ सय ५ सवारी साधन बाहिरिँदा १ लाख ६५ हजार २ सय ४६ जना यात्रुले उपत्यका छाडेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० रामेश्वर प्रसाद यादवले जानकारी दिए । 

चाडवाडको सिजन सुरु भएपनि पहिल्यै धेरै व्यक्तिहरु उपत्यका बाहिर गइसकेकोले अहिले यात्रु बाहिरिने चाप नदेखिएको उनको भनाई छ । 


SHARE THIS