विश्वमा कोरोनाका कारण ९ लाख ९१ हजारको मृत्यु


दाङ, असोज १२ । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ९ लाख ९१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ लाख ९१ हजार २२४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ५ हजार ३८० संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ९८ हजार ७७३ संक्रमितको पहिचान भएको छ । 

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख ३० हजार ९४५ पुगेको छ । 

 


SHARE THIS