राप्ती नदीमा फेला परेको शबको पहिचान खुल्यो

सन्तोषकुमार गुप्ता/ दाङ, भदौ १८। दाङ देउखुरीको राप्ती नदीमा हिजो बुधबार एक बेबारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । मृतक महिला प्युठान जिल्ला ऐरावती गाउँपालिका वडा नम्बर ६ सानीठाम निवासी ५४ वर्षकी सुमित्रादेवी खत्री रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
मंगलबार मृतक खत्री कपडा सिलाउन जान्छु भनि निस्केको सोही दिनदेखि बेपत्ता हुनुभएको थियो। घटना कसरी भयो भन्ने तथ्य नखुले पनि मृतक खत्रीले प्राय मादकपदार्थ र नियमित प्रेसरको औषधी सेवन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको भालुवाङ प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिनुभयो ।
खत्रीको राप्ती गाउँपालिका वडा नम्बर २ को राप्ती नदी कटाहाघाटको नदी किनारमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो । बिहान करिब ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदी किनारमा दाउरा बटुल्न गएका बेला शबलाई नदीमा तैरिरहेको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
उक्त शवको लमही अस्पतालमा पोष्टमार्टम गरी छोरा पदमबहादुर खत्रीले बुझिसकेको प्रहरीले बताएको छ ।

SHARE THIS