मन्त्रिपरिषद् बैठक : ट्रेड युनियनको निर्वाचन स्थगित



काठमाडौं,असोज ६ । सोमबार निधन भएका पर्वतारोही आङरिता शेर्पालाई सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय सरकारले गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  एक मन्त्रीका अनुसार शेर्पाको शवलाई सम्मानसहित अन्त्यष्टि गर्ने र किरिया खर्च सरकारले बेहोर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

त्यसैगरी आजको बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ ।


SHARE THIS