दाङ,भदौ २१। कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ को मानपुर स्वास्थ्य चौकी शिल गरिएको छ । स्वास्थ्य चौकीका २ जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अर्को सुचना जारी नभएसम्मका लागि शिल गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष थलराज पुरीले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिको आज बिहान बसेको आपतकालिन बैठकले केहिसमय स्वास्थ्य चौकी शिल गरी प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको हो ।