काठमाडाैंमा थप कडाइ, भित्री गल्लिमा निस्किए पनि कारबाही

दाङ, भदौ २० । शुक्रबार दाङमा लकडाउनको अवेज्ञा गरेर जथाभावि हिड्डुल गर्ने १०९ जना प्रहरी कार्वाहीमा परेका छन् । कोरोना सङक्रमण फैलिन नदिन तथा रोकथामका लागी जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनाको अवेज्ञा गरेर हिड्डुल गर्ने ३४ महिला र ७५ पुरुष गरी जम्मा १०९ जना कार्वाहीमा परेका हुन ।

उनीहरुलाई केही समय होल्डमा लिई सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो। साथै माक्स नलगाई हिडडुल गर्ने ३ महिला र ६ पुरुष गरी ९ जना पनि कार्वाहीमा परेका छन् । मास्क नलगाएर हिड्ने ९ जनाबाट रु ९ सय जरिवाना संकलन गरिएको समेत प्रवक्ता खड्काले बताउनुभयो ।

दाङमा कोरोना जोखि बढेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर आईतवार राति १२ बजे देखि लागु हुने गरेर एक हप्ते लक डाउन गरेको छ। लकडाउनको पूर्ण पालना गर्न आम नागरिकहरुमा जिल्ला प्रहरी कार्यालय घोराहीले अनुरोध समेत गरेको छ ।
Previous Post Next Post