फिफा कंग्रेस आज



एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को साधारणसभा बैठक (कंग्रेस) आज (शुक्रबार)हुँदै छ । फिफाले ७०औँ साधारण सभा आज गर्न लागेको हो ।

कोरोना भाइरसको महामारीका कारण फिफाले पहिलोपटक साधारणसभा ‘भर्चुअल’ रुपमा सञ्चालन गर्न लागेको हो । फिफाका सदस्य राष्ट्रका प्रतिनिधिका रुपमा रहेको नेपालबाट साधारणसभामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित, उपाध्यक्ष कृष्ण थापा र रवीन्द्र जोशी सहभागी हुनेछ । साधारणसभा नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । 

साधारणसभामा विभिन्‍न रिपोर्ट पेस गर्नेसहित विधान संशोधन, बजेटलगायतका एजेन्डा तय गरिएका छन् ।


SHARE THIS