टरिगाउँ एयरपोर्टले सोमबारदेखि सेवा सञ्चालन गर्ने



तुलसीपुर,असोज ४ ।   दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टले सोमबारदेखि सेवा सञ्चालन गर्ने भएको छ । लकडाउनको कारणले रोकिएको हवाई सेवा सोमबारदेखि सुरु गर्ने तयारी रहेको नेपाल एयरलाइन्सका तुलसीपुर प्रमुख निमकान्त लम्सालले बताए ।


उनका अनुसार यात्रुहरुको संख्यामा बृद्धि भएमा भने उडान थप्ने सकिने छ । सबै सिटमा यात्रु राखेर उडान भरिने उनको भनाई छ । अहिले १३ सिट क्षमता भएकार जहाज आउछ । जहाजको दाङ्ग(काठमाडौको भाडा ५ हजार ७ सय ७० भएको छ भने काठमाडौको भाडा ५ हजार ९ सय ६० रहेको छ ।


SHARE THIS