कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु



काठमाडौं,असोज ६ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

सोमबार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । 

कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । 


SHARE THIS