
दाङ, भदौ २१ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा लकडाउन खुकुलो बनाउन माग गरेको छ । लामो समय लकडाउन हुँदा रोगले भन्दा भोकको समस्या हुने भन्दै संघले यस्तो माग गरेको हो ।
लामो समयसम्म लकडाउन व्यवसायिहरुलाई हुँदा बैकको व्याज, तथा घर भाँडा बुझाउन समेत नसक्ने अवस्था रहेको व्यवसायिहरुको भनाइ रहेको छ । संघका कार्य समिती तथा पुर्व अध्यक्षहरुको आइतवार (आज ( बसेको बैठकले यस्तो माग गरेको संघका महासचिव नरेश कार्कीले जानकारी दिनुभयो ।
मागको सुनाइ नभएमा संघ कडार्इ रुपमा अगाडि बढने महासचिव कार्कीले बताउनुभयो। दाङमा भदौ १४ गतेबाट जारी गरिएको लकडाउनको समयाधि आज राती १२ बजे सकिदै छ । जिल्लामा समुदाय स्तरमा कोरोना देखिएपछि जिल्लामा लकडाउन जारी गरिएको थियो । स्वास्थ्य सम्बद्ध जानकारहरुले भने अझै एक हप्ता लकडाउन गर्नु पर्ने बताउने गरेका छन् ।
अहिले पनि समुदायमा कोरोना संक्रमित भएको स्वास्थ्य सम्बद्ध जानकारहरु बताउछन् ।