दीपेन्द्रले गरे सेनिटाइजर सहयोग


दाङ, असाज १४ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको निस्शुल्क स्वास्थ्य सामाग्री वितरण अभियानलाई नारायणपुर निवासी दीपेन्द्र डाँगीले ३ हजार मुल्य बराबर ३ सय मिलिको ९ थान सेनिटाइजर प्रदान गरेका छन् ।

हाल रोजगारको सिलसिलामा मलेसिया रहेका डाँगीले कोभिड १९ को रोकथाममा केही योगदान होस् भनेर सहयोग गरेको बताए ।

 विदेशमा दुखजिलो गरेर भएपनि आफ्नो अभियानलाई सहयोग गरेकोमा संचारकर्मी पीडितले डाँगीलाई धन्यवाद दिएका छन् ।

 कोरोना कहरका बीच अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको हौसला बढाउन संचारकर्मी पीडित भाद्र २५ देखि निस्शुल्क स्वास्थ्य सामाग्री वितरण अभियान शुरु गरेका छन् ।


SHARE THIS