‘गो ब्याक चाइना’ भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न खोज्ने तितरबितर


काठमाडौं, भदौ ७ । नेपाली भूमि मिचेको तथा १० महिनादेखि नेपाल–चीन नाका खोल्न सहजीकरण नगरेको भन्दै काठमाडौँस्थित नेपालका लागि चिनियाँ दूतावास अगाडि धर्ना दिन पुगेको एक समूहलाई प्रहरीले तितरबितर पारेको छ । 

बुधबार बिहान दूतावासमा धर्ना दिने पुगेको समूहले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी गरेका थिए ।‘सचेत नेपाली’ नामकको व्ब्यानरसहित धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले धर्ना दिन नपाउँदै हटाएको थियो ।


SHARE THIS