सुनचाँदीको भाउ घट्यो, सुन प्रतितोला ९६,५००, चाँदी १,३४५ रुपैयाँ कायम

यस्तो छ आजको सुनको मुल्य ?
दाङ,भदौ १८ । सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ ।
गत मंगलबार देखि घट्न थालेको सुनचाँदीको भाउ बिहीबार (आज) पनि घटेको छ । हिजो (बुधबार)को तुलनामा आज (बिहीबार)सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९७ हजार २ सय तोकिएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा ७ सय रुपैयाँले नै झरेर ९६ हजार कायम भएको छ । हिजो तोलाको ९६ हजार ७ सय थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ६५ रहेको चाँदी आज १३ सय ४५ मा झरेको महासंघले जनाएको छ ।

SHARE THIS