यामाहा कम्पनीको १ सय २५ सिसीको स्कुरटर रे जेडआर घोराहीमा लन्च



दाङ,असोज ८ । घोराहीमा यामाहा कम्पनीको १ सय २५ सिसीको स्कुरटर रे जेडआर घोराहीमा लन्च भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता श्रेष्ठ अटोमोवाईल्स घोराहीले विहिवार एक कार्यक्रमको आयोजना गरि नयाँ मोडेलको १ सय २५ सिसीको स्कुटर रे जेडआर लन्च गरेको हो । नयाँ लन्च भएको स्कुटरको मुल्य २ लाख ५४ हजार ९ सय रुपैया रहेको छ । स्कुटरको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र श्रेष्ठ अटो मोवाइलसका प्रोपाईटर राजेन्द्र श्रेष्ठले लन्च गरेका हुन ।

यामाहाले ल्याएको नयाँ रे जेडआर १ सय २५ स्कुटरमा एफआई इन्जिनको प्रयोग गरिएको छ । नयाँ नयाँ टेक्नोलोजीका मोटरसाइकल र स्कुटर ल्याउँदै आएको यामाहाले पछिल्लो पटक रे जेडआर स्कुटर बजारमा ल्याएको श्रेष्ठ अटोमोवाइल्सका सोरुम इन्चार्ज लक्की सल्मानीले जानकारी दिएका छन् ।

सोरुम इन्चार्ज सल्मानीका अनुसार नयाँ लन्च भएको स्कुटर अन्य स्कुटरभन्दा आकर्षक, बढी माइलेज दिने, बस्नका लागि आरामदायी सिटलगायतका विशेषताका कारण सवैको रोजाईमा पर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ लन्च भएको स्कुटरमा ६ हजार रुपैयाँ डिस्काउन्टको व्यवस्था रहेको छ ।

यसैविच श्रेष्ठ अटोमोवाईल्स घोराहीले नेपाल पत्रकार महासंघको लेटरप्याडमा मोटरसाईकल तथा स्कुटर किन्न किन्न आउने पत्रकारहरुलाई विशेष छुट दिने भएको छ । यामाहाले ल्याएको नयाँ रे जेडआर १ सय २५ स्कुटर लन्च कार्यक्रममा प्रोपोइटर राजेन्द्र श्रेष्ठले नेपालमा पत्रकार महासंघको लेटरप्याड लिएर आफ्नो कम्पनीका मोटरसाईक तथा स्कुटर किन्न आउने पत्रकारहरुलाई विशेष छुटको व्यवस्था गरेको जानकारी गराएका हुन ।


SHARE THIS