कान्ति बाल अस्पतालमा आकस्मिक सेवा निःशुल्क



काठमाडौं,असोज ६ । कान्ति बाल अस्पतालले गरिब तथा विपन्‍न बालबालिकाका लागि आकस्मिक सेवा निःशुल्क दिने भएको छ । 

अस्पतालले एक सूचना जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम गरिब, विपन्‍न तथा साथमा कोही नभएका बिरामी बालबालिकाका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ ।

आकस्मिक सेवा निस्शुल्क गराउने कार्यविधिबमोजिम गरिब, विपन्‍न साथमा कोही नभएका वन तेस्रो व्यक्ति ल्याएका परेका बालबालिकाहरुलाई प्रारम्भिक चरणको आकस्मिक सेवा निस्शुल्क दिइने सूचनामा उल्लेख छ । 

कुनै पनि बालबालिकाले पैसा नभएकै कारण आकस्मिक सेवा नपाएर ज्यान गुमाउने अवस्था आउन नदिन यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । असोज १ गते मात्र राष्ट्रिय ट्रमा सेन्टरले पनि विपन्‍नका लागि आकस्मिक सेवा निस्शुल्क  गरेको थियो ।


SHARE THIS