मौसम खराबका कारण बागलुङ हिँडको गृहमन्त्रीको टोली स्याङ्जाबाट फर्कियो


काठमाडौँ,भदौ १८ । नेपाली सेनाको हेलिकोप्टरमार्फत बाढी पीडितलाई राहत सामग्री लिएर बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दङ हिँडको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को टोली मौसम खराबका कराण फर्किएको छ ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले मौसम खराब भएपछि स्याङ्जासम्म पुगेर गृहमन्त्रीसहितको टोली पोखरा फर्किएको जानकारी दिए ।

‘मौसम खुलेपछि बागलुङ जाने तयारी भइरहेको छ,’ प्रेस सल्लाहकार भट्टराईले भने, ‘गृहमन्त्रीसहितको टोली अहिले पोखरा विमानस्थलमा छ । मौसम नखुले काठमाडौँ नै फर्किनेछ ।’

बाढी पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन् ।



SHARE THIS