दाङमा कोरोनाका संक्रिय संक्रमितको संख्या २ सय भन्दा माथी



दाङ,असोज ७ । दाङमा कोरोनाका संक्रिय संक्रमितको संख्या २ सय नाघेको छ । जिल्लामा अहिले २०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । दुई सय बढी सक्रिय संक्रमित भएको ठाउँमा निषेधाज्ञा गर्न सकिने प्रावधान छ ।

जिल्ला अहिलेसम्म १६ हजार ६ सय २७ जनाको स्वाब परिक्षण गर्दा १ हजार ६२ जनामा संक्रमण देखिएको छ । ति मध्ये ८५७ जना डिस्चार्ज भएका छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ ।

उता तुुलसीपुरमा कोरोना संक्रमितको संख्या २ सय नाघेको छ । तुलसीपुरमा मंगलबारमात्रै थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या २०१ पुगेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गर्दा ८ जना क्वारेन्टाइनमा बसेका र १३ जना संक्रमितको सम्पर्कमा आएकामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा संक्रमितहुनेमा तुलसीपुर उपमहानगरपालिकाका ३ जना कर्मचारी, वर्ड लिंकमा काम गर्ने ३ जना, क्वारेन्टाइनका ८ जना र अन्य संक्रमित घरपरिवारको कन्ट्याक्टट्रेसिंगमा परेका ७ जना रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का ३ जना, वडा २ का ३ जना, वडा नम्बर ३ का ४ जना, ५ नम्बर वडाका ४ जनामा कोरोना पोजेटिभ आएको छ ।

यस्तै वडा नम्बर ६ का ३ जना, वडा नम्बर ८ का २ जना, र वडा नम्बर ११ का ७ महिने एक शिशुमा कोरोना संक्रमण भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्शन विमल केसीले जानकारी दिनुभयो । तुलसीपुरमा सकृय संक्रमितको संख्या ५६ जना रहको छ ।।

यसैबिच वडाअध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको लमही नगरपालिका एक साताका लागि शिल गरिएको छ । थप संक्रमण फैलिन नदिन नगरपालिकाको कार्यालय १२ गतेसम्मका लागि शिल गरिएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसीसहित ६ जनामा कोरोना संक्रमण देखिएको हो ।


SHARE THIS