तुलसीपुरमा १०० जना संक्रमित , महिला भन्दा पुरुषको संख्या तेब्बरले बढि

Spain prepares for possible Corona Virus outbreak - Olive Press News Spain

दाङ, भदौ १७ ।  तुलसीपुरमा १०० जनामा हाल सम्म कोरोना संक्रमण पुष्टि भएको एक तथ्याङकले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका सुचना शाखाले दिएको जानकारी अनुसार बुधवार विहान सम्मको विवरणमा तुलसीपुर क्षेत्रबाट कोरोना परिक्षण गर्दा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये एक जना पुरुष रुकुम पश्चिम चौरजहारी निवासी रहेका छन् । उनी भारतबाट नेपाल आउने क्रममा तुलसीपुरको एक क्वारेन्टाईनमा बसेको बेला कोरोना परिक्षण संक्रमण पुष्टि भएको थियो ।

यस्तैगरी तुलसीपुरकै अर्का एक जनाको काठमाडौमा कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिएका छन् । संक्रमित हुनेमा महिलाको संख्या भन्दा पुरुषको संख्या धेरै रहेको छ । पुरुषको संख्या ७८ रहेको छ भने महिलाको संख्या २१ रहेको छ । उनका अनुसार ती मध्ये हाल सम्म ७८ जना निको भईसकेका छन् । अझै २२ जनाको आईसोलेसन अस्पतालमा उपचार भईरहेको छ । तुलसीपुर उपमहानगरको १९ वटै वडामा कोरोना भाईरस संक्रमण फैलिएको छ । उपमहानगरको सवैभन्दा बढि संक्रमित भएको वडामा ४,५ र १३ नम्वर वडा रहेका छन् ।

वडा नम्वर ४ मा ९ जना पुरुष र एक जना महिला गरी १० जना , वडा नम्वर ५ मा ४ पुरुष र ५ महिला गरी १० जना, वडा नम्वर १३ मा १० जना पुरुष र एक जना महिला गरी ११ जना कोरोना संक्रमित भएका थिए । त्यस्तैगरी वडा नम्वर १ मा २ जना पुरुष, वडा नम्वर २ मा १ जना महिला, वडा नम्वर ३ मा १ महिला र एक पुरुष गरी २ जना, वडा नम्वर ६ मा ६ पुरुष र २ महिला, वडा नम्वर ७ मा ९ पुरुष, वडा नम्वर ८ मा ३ पुरुष र १ महिला, वडा नम्वर ९ मा ३ पुरुष र २ महिला, वडा नम्वर १० मा एक पुरुष र एक महिला, वडा नम्वर ११ मा २ पुरुष, वडा नम्वर १२ मा २ पुरुष, वडा नम्वर १४ मा ५ पुरुष, वडा नम्वर १५ मा ६ पुरुष र १ महिला, वडा नम्वर १६ मा ९ पुरुष, वडा नम्वर १७ मा ३ पुरुष र २ महिला, वडा नम्वर १८ मा ३ पुरुष र वडा नम्वर १९ मा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सुचना अधिकारी न्यौपानेका अनुसार अहिले तुलसीपुरमा चार वटा क्वारेन्टाईन सन्चालनमा रहेका छन् । ती क्वारेन्टाईनमा हाल १७ जना रहेका छन् ।

SHARE THIS