चितवनमा थपिए २८ कोरोना संक्रमित

All three suspected corana-hit HP natives test negative: Official -  Republic World
दाङ, भदौ २० । चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ सहित ३६ जनामा संक्रमण देखिएको हो।

कोरोना पुष्टि हुनेहरू १० देखि ७३ वर्षसम्मका छन्।

भरतपुर अस्पतालको प्रयोगशालामा भरतपुर महानगरका ४ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको छ। नवलपुरको गैंडाकोट र रुपन्देहीका एकरएक जनामा संक्रमण पुष्टि भएको छ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १९ जना, रत्ननगर र राप्ती नगरपालिकाका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यहाँ गरिएको परीक्षणमा मकवानपुरका २, रुपन्देही, काठमाडौं, पर्सा र गुल्मीका एकरएक जनामा पोजेटिभ देखिएको छ।

अहिलेसम्म चितवनका ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

SHARE THIS