१० लाख पर्ने केटीएम-३९० सार्वजनिक



काठमाडौं,असोज १२ । मोटरसाइकल ब्रान्‍ड केटीएमले १० लाख रुपैयाँ पर्ने केटीएम-३९० एड्भेन्चर सार्वजनिक गरेको छ । केटीएमका नेपालभर रहेको सोरुमहरुमा यो बाइक ९ लाख ९९ हजार ९ सयमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।

नेपालको एड्भेन्चर बाइकिङको उदाउँदो सेग्मेन्टमा केटीएम ३९० एड्भेन्चरले सानदार आगमन गरेको कम्पनीले जनाएको छ । बदलिँदो ट्रेन्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र सहरको दैनिक जीवनमा राइडिङका लागि ३९० एड्भेन्चर बनाएको कम्पनीले जनाएको छ ।

“यसको रेडी टु रेस मन्त्रका साथ केटीएमसँग मोटर स्पोर्टसहरूमा अतुलनीय इतिहास छ । जसमा ६६ वर्षभरिमा ३०० भन्दा विश्व च्याम्पियनसिपहरूको गौरवमय जित छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा छ ।  डाकर र्‍याली नामक सबैभन्दा कठिन र्‍यालीमा केटीएमले लगातार प्रभुत्व जमाउँदै आएको छ । २००१ पछि आफ्नो केटीएम ४५० र्‍यालीका साथ १८ पटक च्याम्पियनसिप जितिसकेको कम्पनीले जनाएको छ ।

३९० एड्भेन्चर, एड्भेन्चर यात्राका लागि बनाइएको हो । जसमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस, १७० एमएमको अगाडिको ह्‍‌विल भएको डब्लूपी कोलङ ट्राभल सस्पेन्सन छ । मेटजेलरको नोबी टायरहरु, २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लङ ह्‌विलबेस, विस्तारित विन्डसिल्ड र इन्जिनका लागि सुरक्षित बेस प्लेट रहेको कम्पनीले जनाएको छ ।

“केटीएम ३९० एड्भेन्चर विशेषगरी त्यस्ता राइडरहरुप्रति लक्षित छ, जो जस्तोसुकै उबड(खाबड तथा साँघुरो बाटो, अफरोड, ग्राभल, पानीक्रस गर्नुपर्ने बाटो वा बालुवा हुँदै छोटो र लामो दूरीको यात्रा गर्न चाहन्छन्,” कम्पनीले जनाएको छ ।


SHARE THIS