समाजसेवी श्रेष्ठ दम्पतीद्वारा निलसागरलाई खाद्यान्न सहयोग


सन्तोषकुमार गुप्ता/दाङ,भदौ २० ।
दाङ देउखुरी लमही नगरपालिका-५ लमही निवासी समाजसेवी रत्नप्रसाद श्रेष्ठ दम्पतीले दाङ देउखुरीमा रहेको निलसागर सेवा आश्रमलाई खाद्यान्न सहयोग गर्नुभएको छ । श्रेष्ठ दम्पतीले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको उक्त आश्रमलाई जिल्लामा जारी लकडाउनका कारण आश्रममा खाद्यान्नको अभाव हुन नदिन ३ बोरा चामल, ५ केजी दाल , २ पोका तेल, ३ पोका नुन र १ सय पिस मास्क सहयोग गर्नुभएको हो ।

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका रत्नप्रसाद श्रेष्ठले निलसागर सेवा आश्रमका जिल्ला अध्यक्ष प्रकाश विष्टलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष विष्टले सामाजिक कार्य गर्दै आइरहनु भएको र आश्रमलाई सम्झेर सहयोग प्रदान गरेकोमा सहयोगी श्रेष्ठ दम्पतीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

हाल आश्रममा ३२ जना असाहाय, अशक्त तथा जेष्ठ नागरिकहरू रहेका छन् । उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको अवधिदेखि हालसम्म अलपत्र यात्रुलाई गन्तव्यमा पठाउने, खाना खुवाउने, सडकमा हिड्ने बटुवा तथा पत्रकार, स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गर्दै आइरहनुभएको छ।

SHARE THIS