काभ्रेकाे प्राचिन धारामा रहेकाे सूर्यमूर्ति चाेरी

unn.prixa.net
काठमाण्डौ,भदौ १७ – काभ्रे जिल्लाको बनेपा नगरपालिका – ४ लागन टोलमा रहेको ढुंगेधाराबाट गएराति सूर्यमूर्ति चोरी भएको छ ।​


चोरी भएको मूर्ति सूर्य देवताको रहेको बताइएको छ ।  यस धारामा निकै कलात्मक मूर्तिहरु रहेको र थुप्रै पटक चोरी भएको स्थानीयले बताएका छन् ।

यो ढुङ्गेधारा काभ्रेकै सुन्दर तीनधाराहरुमध्ये एक गनिएको प्राचीन धारामा पर्द्छ । यो लिच्छविकालीन धारा हो ।

SHARE THIS