राजमो दाङमा प्रवेश निरन्तर


घोराही,भदौ २३।
 घोराही उपमहानगरपालिकाका विभिन्न वडाका बिगतमा अन्य विभिन्न पार्टीमा रहेका ब्यक्तिहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका छ्न । जिल्ला अध्यक्ष गणेश आचार्य को निरन्तरको छलफल र अन्तर्कृया पछि  पार्टीमा प्रवेश कार्यक्रम भएको हो । प्रवेश कार्यक्रममा संछिप्त भनाइ राख्दै जिल्ला अध्यक्ष  आचार्यले समाजमा बिद्यामान बेथितिहरुको अन्त्यको लागि राष्ट्रिय जनमोर्चा लाई मजबुद बनाउनु पर्ने र त्यो कार्यमा प्रबेशी सबै साथीहरूको महत्त्वपूर्ण भुमिका हुनुपर्ने कुरा बताउनु भएको थियोे ।  प्रवेश गर्ने हरुमा घोराही १ बाट  तारा बहादुर तामाङ, तीन नम्बर वडा बाट डम्मर बहादुर आले र अमर खडका ,  वडा नम्बर ६ बाट दलमान पुन , वडा नम्बर १० बाट तुलसिराम न्योपाने,  वडा नम्बर १५ बाट रुम बहादुर रावत (किसन ) ,  डोम बहादुर डागी र सुशील थापा रहनु भएको छ ।


SHARE THIS