कोरोनाले मृत्यु हुनेको संख्या ४०० नाघ्यो

 


काठमाडौं भदौ ३ । पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ४०१ जनाको मृत्यु भइसकेको छ ।  

कुल कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । यसमध्ये ४५ हजार २६७ संक्रमित निको भएर घर फर्किसकेका छन् । 

मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल आईसीयूमा १७९ र भेन्टिलेटरमा ३५ कोरोना संक्रमित उपचाररत छन् । 

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७ हजार ७३५ रहेका छन् भने आइसोलेसनमा १७ हजार १२९ छन् ।  हालसम्म ९ लाख ४ हजार ७०६ जनामा पीसीआर परीक्षण गरिएको छ । 


SHARE THIS