कोरोनाको प्रभाव कम गर्न संगित प्रशिक्षण



स्याङ्जा,असोज ४ । कोरोनाका कारण विद्यालय बन्द भएपछि स्याङ्जाका केही विद्यार्थी संगित सिक्न व्यस्त रहेका छन् ।

गल्याङ नगरपालिका वडा नम्बर १ मा रहेको रामनदी धाम संस्कृत गुरुकुलका विद्यार्थी कोरोनाको प्रभाव कम गर्न भन्दै संगितको प्रशिक्षण लिँदै आएका छन् । मारुन एकेडेमी अफ प्रफर्मिङ्ग आर्टस वालिङको सहयोग तथा रामनदीधाम गुरुकुलको समन्वयमा एक हप्ते संगित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । 

विद्यार्थीमा कोरोनाको प्रभाव कम गर्न र संगित ज्ञान दिने उद्देश्यले संगित पाठशाला सञ्चालन गरिएको गुरुकुलका प्राचार्य कृष्णप्रसाद बस्याँलले जानकारी दिनुभयो । विद्यार्थीहरु पूर्वीय दर्शनामा आधारित शास्त्रीय संगित र पश्चिमी  शास्त्रीय संगितका विविध क्षेत्र गायन, गितार, हार्मोनियम, मादल तथा बासुरीलगायतको प्रशिक्षणमा व्यस्त रहेका एकेडेमीका प्रमुख एवं संगित गुरु पवन अधिकारीले जानकारी दिनुभयो ।

विद्यार्थीहरु घरमै बस्दा मोबाइल तथा मोबाइलमा हुने गेमको लतमा भुलेपछि संगित कक्षा सुरु गरिएको व्यवस्थापक अधिकारीले बताउनुभयो । प्रशिक्षण कार्यक्रमा ४० जना बटुकहरुको सहभागिता रहेको छ ।


SHARE THIS