दाङमा पत्रकार सवार गाडी दुर्घटना



दाङ, असोज ८  । दाङमा पत्रकार सवार गाडी दुर्घटनामा परेको छ । सल्यानका पत्रकार सवार बा २ च ९५१३ नम्बरको स्कार्पियो लमही नगरपालिका वडा नं. ६ स्थित अर्जुनखोला देखि दुई किलोमिटर नजिक रहेको सीता भरार भन्ने स्थानमा बिहीबार(आज) बिहान दुर्घटनामा परेको हो ।

गाडी सडक बाट झण्डै ५० मिटर तल खस्दा सल्यानको रेडियो मध्यपहाड एफएमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नं. २ निवासी बीरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर नगरपालिका का तुलाराम परियार, लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रकी १५ वर्षिया बहिनी नोखी केसी,तुलसिपुर उपमहानगरपालिका वडा नं.५ निवासी प्रकाश ओली, सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ३ निवासी चालक चालक सन्तोष बुढाथोकी घाईते भएका छन् ।

घाईतेहरुमध्ये दुईजनाको लमही स्थित फ्लोरेन्स अस्पताल र चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । 


SHARE THIS