कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

कोरोना संक्रमणबाट बुधबार एकैदिन ६ जनाको मृत्यु,संक्रमणबाट मृत्यु हुनेको  संख्या ६४ पुग्यो – प्राइम टाइम्स टेलिभिजन

काठमाडौं, भदौ १७ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् ।

अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो ।

युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका उपमेयर मधिकर्मीले जानकारी दिइन् ।

SHARE THIS