कृतिम तालमा डुवेर बेपत्ता भएका युवकको शब भेटियो


घोराही,भदौ २२ । 
दाङको घोराही उपमहानगरपालिका वडा नं.४ भकारे स्थित कृतिम तालमा डुवेर बेपत्ता भएका युवकको शब आज फेला परेको छ । आईतबार दिउसो पौने ३ वजेतिर डुबेर बेपत्ता भएका  सोहि ठाउँका २२ वर्षिय गोपाल सुनार मृत अवस्थामा फेला परेका हुन ।
 मृतक सुनार सहित अन्य चार जना साथी पौडि खेल्न तालमा गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।बेपत्ता भए लगतै प्रहरी,शसस्त्र प्रहरी,आर्मीको टोलिले खोजी गर्दा करिव २४ घण्टामा मृतकको शव प्रहरी प्रभु सुनारले फेला पारेका हुन । 

SHARE THIS