जो आफै १४ वर्षदेखि महाभारतको लडाइनमा ज्यालो देखाउने प्राध्यापकहरू

No description available.
दाङ, साउन २९ । त्रिभुवन विश्वविद्यालय अन्तरगतका आंशिक प्राध्यापकहरू जो विद्यार्थीको उज्यालो भविश्य देखाउन अध्यापनरत छन् तिनै प्राध्यापकहरू लामो समयदेखि विभिन्न सेवा सुविधाको माग गर्दै आन्दोलित छन् । जसले पढाएनन् भने ७० ८० प्रतिशत पढाई बन्द हुने गर्छ, आज उनीहरु एक वर्षदेखि होइन १४ वर्षदेखि सेवासुविधाको माग गर्दै आन्दोलन गर्नु परेको छ । जहाँ १४ वर्षसम्म शासन प्राणाली नै परिवर्तन भएको छ तर उनै उज्यालो भविश्य देखाउने प्राध्यापक भने अझैपनि त्यही मागलाई उठाउँदै आन्दोलन गर्नु परिरहेको छ ।
No description available.
सोही आन्दोलनको क्रममा यहि साउन २५ गते दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरूले पनि आन्दोल गरे । आन्दोलनका क्रममा आक्रोशित देखिएका प्राध्यापकहरूले केही फर्निचरसमेत जलाए । जसको चौतर्फि विरोध भयो । विद्यार्थीको उज्यालो भविष्य देखाउने उही प्राध्यापक आन्दोलनको नाममा तोडफोड गर्ने, आगजनी गर्ने, भन्दै विरोध भएको थियो। जसले गर्दा भोलीपल्ट २६ गते प्रशासन फाटमा ताला लगाउने कार्यक्रममा प्रहरी प्रशासनले अवरोध समेत गर्यो ।
No description available.
चौतर्फी आलोचना भएपछि २९ गते बिहीबार आंशिक प्राध्यापकहरूले सत्य तथ्य जानकारी दिने भन्दै पत्रकार सम्मेनल गरे । पत्रकार सम्मेलनमा प्राध्यापकहरूले त्रिभुवन विश्व विद्यालयसँगको लडाई महाभारतको लडाई जस्तो भएको बताएका थिए । आन्दोलनको औतित्य प्रकाश पार्दै प्राध्यापक विष्णु प्रसाद दाहालले प्राध्यापकहरू महाभारतको लडाई लडिरहेको संज्ञा दिनुभयो । ‘विगत १४ वर्ष यता आंशिक प्राध्यापकहरू महाभारतको लडाई लडिरहेका छन्’ उहाँले भन्नुभयो– ‘किन भने त्यो लडाई अन्यायका विरुद्ध न्यायका लागि थियो । त्यो लडाई असत्यका विरुद्ध सत्य स्थापना गर्नका लागि थियो । त्यो लडाई अधर्ममाथि धर्म स्थापना गर्न थियो ।’

उहाँले १४ वर्षदेखि त्रिविले आंशिक प्राध्यापकहरूलाई शोषण गरेको आरोप समेत लागाउनुभयो । उहाँले भन्नुभयो ‘विगत १४ वर्ष लामो समय अवधिभर त्रिविले आंशिक प्राध्यापकहरूलाई नियुक्ति गर्ने तर न्युन ज्यालामा, बधुवा मजदुरको रुपमा बौद्धिक शोसन गरेको छ, श्रम माथि शोसन गरेको छ ।’ साथै उहाँले उर्जावान समय त्रिविमा खर्च गर्न लगाउने र भविश्यका लागि केही पनि नगर्ने परिस्थिति दोहोरी राखेपछि विभिन्न चरणमा शान्तिपूर्ण र मर्यादित आन्दोलन गर्दै आएको बताउनुभयो ।

यस्तै आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष बालकृष्ण डाँगीले आफुहरूलाई विभेदकारी नीति मान्य नहुने बताउनुभयो । ‘कसैले एक पिरियड पढाएर ५५ हजार पाउने केसैले ६र६ पिरियड पढाएर जिरो हुने के यस्तो पनि हुन्छ रु’, उहाँले प्रश्न गर्दै भन्नुभयो ‘के यो विभेद होइनरु यो हामीलाई मान्य छैन र हुँदैन ।’ उहाँले भोको पेटमा आदर्शले धेरै काम नगर्ने भन्दै आफुहरूको माग त्रिविले छिटो पूरा गर्नु पर्ने बताउनुभयो । ‘फेरी पनि हामी नखाएर पढाउँछौ भनेउ भने यो आदर्शले त्यति टिक्छ जस्तो मलाई लाग्दैन’, उहाँले भन्नुभयो— ‘त्यसैले हामी पनि बाच्नु पर्छ। हाम्रो माग छिटो पूरा हुनु पर्छ ।’ साथै अध्यक्ष डाँगीले विद्यार्थीको पठन—पाठन प्रति आफुहरू अत्यन्त जिम्मेवार रहेको भन्दै तलदेखि माथिसम्म हुने विभेदको अन्त्य हुनु पर्ने बताउनुभयो ।

के छ प्राध्यापकहरूको माग
त्रिवि अन्तरगतका आंशिक प्राध्यापकहरूले २०६३ सालेदेखि सेवा सुविधाको माग गर्दै आन्दोलन गरिरहेका छन् । दैनिक रुपमा पाउँदै आएको तलवले आफुहरू मारमा परेको भन्दै अब मासिक तलवको ब्यवस्था हुनु पर्ने उनीहरूको माग रहेको छ । समान कामको समान पारिश्रमिकको ब्यवस्था गर्नु पर्ने, पहिलेको सरकारले छुट्टाएको १४ सय २० करार दरवन्दिको ब्यवस्था गर्नु पर्ने माग प्राध्यापकहरूले गरेका छन् । यस्तै करारमा ब्यवस्था लागु नहुँदासम्म विद्याजर्थी, प्राध्यापक र कर्मचारीहरू समेतको रोहवरमा महेन्द्र बहुमुखी क्याम्पसले गरेको सहमती अनुसार आन्तरीक दरवन्दि सृजना गरी आंशिक प्राध्यापकहरूलाई मासिक पारिश्रमिकको ब्यवस्था हुनु पर्ने र विभेद तथा अन्यायपूर्ण प्रथाको अन्य हुने पर्ने रहेको छ ।


SHARE THIS