गएराती देखी दाङमा लकडाउन

No description available.

दाङ, भदौ १५ । गएराती देखी दाङमा लकडाउन सुरु भएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउनको घोषणा गरिएको हो ।लकडाउन सुरु भएसंगै जिल्लामा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीका साधन, बजारहरु बन्द भएका छन् ।जिल्लाका प्रमुख बजारहरु घोराही, तुलसीपुर, , नारायणपुर र लमही बजार पुर्ण रुपले बन्द भएका छन् ।
No description available.
जसले गर्दा जिल्लामा सुनसान देखीएको छ । गएको शुक्रवार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले गएराती १२ बजेदेखी यहि भदौ २१ गते राती सम्मका लागी लकडाउन गर्ने निर्णय गरेको थियो । जिल्लामा कोरोना संक्रमणको भयावह अवस्था हुन थालेपछि रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गरिएको छ ।

बजारका बिभिन्न ठाउँहरुमा हिडीरहेका पैदल यात्रुहरुलाई प्रहरीले सोधबुझ गर्दै केही बेर सडकमै उम्भ्यार छोडीदीएका छन् ।
No description available.
नियमको उल्लङघन गर्ने जोसुकैलाई पनि कारवाही गरिने प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन् । सवै आ आफनो घरमै बसेर कोरोना संक्रमणबाट बच्नका लागी सावधानी अपनाउन उनले सवैमा आग्रह समेत गरेका छन् ।


SHARE THIS