खोलाले मालवाहक ट्रक बगायो

मकवानपुरमा भीषण वर्षा, गाडीलाई ...
बुटवल, साउन ३० । गुल्मीमा खोलाले मालवाहक ट्रक बगाएको छ । पहिरोसहित आएको बाढीले रोकिराखेको मालवाहक ट्रक बगाएको प्रहरीले जनाएको छ। बुटवलदेखि बागलुङको बहटियातर्फ जाँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडानम्बर ६ मा डहरे ठाडो खोलामा आएको बाढीले ट्रक बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।
ठूलो बाढी आएपछि ट्रक रोकेर चालकहरु साईट लागेका थिए । उक्त ट्रक बाढीले करिब २० मिटर तल बगाएको प्रहरीले जनाएको छ । बगाएको ट्रकको क्षतिको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ ।

SHARE THIS