प्रहरी कन्ट्रोलमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

PahiloPost | PahiloPost.com - News Portal from Nepal ||

काठमाडौं, साउन २६ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेट्रो कन्ट्रोल पनि भनिने यहाँ करिब एक सय जना कार्यरत छन् ।

संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ ।

प्रहरीको सहयोग चाहिएमा वा प्रहरीलाई कुनै सूचना दिनुपरेमा १०० नम्बरमा फोन गर्दा प्रहरी कन्ट्रोलमा उठ्छ । फोन गर्दा पैसा नलाग्ने १०० नम्बरमा प्रहरीहरु २४ सै घण्टा तैनाथ हुन्छन् । यहाँ बिभिन्न खालका सूचनाहरु संकलन हुने गर्दछ । यही कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो । यसैगरी नेपाल प्रहरीको पहरा गण सामाखुसी र नगर प्रहरी एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । नगर प्रहरीलाई ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

SHARE THIS