रोल्पामा पहिरोबाट एक घर पुरियो ,अन्य घर जोखिममा


हेमराज परिवर्तन,
घोराही, साउन २५ । रोल्पामा घर माथीबाट आएको पहिरोले एक घर पुरिएको छ । आईतबार बिहान करिव छ बजको समयमा  परिवर्तन गाउपालिका वडा नम्बर दुई दाङ्जैमा अवस्थित कम्मर खत्रीको घर पुररिएको हो ।
उक्त घरमा ४१ वर्षिय श्रीमति नर्मला खत्री,१६ वर्षिय छोरी कबिता खत्री र ८ वर्षिय प्रिया खत्री बस्दै आएका थिए ।
घर माथीबाट आएको  पहिराले  घर भित्र रहेको खाध्यन्न ,लत्ताकपडा,जडान गरेको पुराानो सोलार लगाएतका सामानहरु पुरेको हो ।

घर जोखिम ठाउमा रहेको र उक्त दिन राति देखि लागातार पानी परेपछि परिवार घर  भन्दा बाहिरै निस्केकाले  मानबिय क्षेति नभएको ईलाका प्रहरी कार्यालय ईरिबाङ रोल्पाले जनाएको छ । उक्त पहिरोले करिव अठार लाख बराबरको क्षेति पु¥याएको प्रहरी बताएको छ । पिडीत  परिवार अहिले आफन्तको घरमा बसिरहेका छन । सोही  ठाउमा रहेका अन्य घरहरु पनि जोखिममा रहेका छन ।

SHARE THIS