रुपन्देहीमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

रुपन्देहीमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

बुटवल, भदौ १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ४ की ६८ वर्षीया वृद्धालाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बस्दै आएकी थिइन्।

वडा अध्यक्ष दिवाकर ढकालले भदौ ११ गते कोरोना पुष्टि भएपछि अस्पतालमा बस्नुभन्दा घरमै बस्न खोजेपछि घरमै राखिएको अवस्थामा आइतबार राति मृत्यु भएको जानकारी दिए।

आइतबार स्वास्थ्यमा समस्या देखिएपछि भैरहवास्थित भिम अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको ढकालले जानकारी दिए।

मृतकमा यसअघि नै  दम, सुगर तथा उच्च रक्तचापको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए।

तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमित तीन जनाको मृत्यु भइसकेको छ।

SHARE THIS