प्रहरीलाई घूस दिन खोज्ने दुईजना पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने दुईजना पक्राउ
चितवन,साउन २१ । चितवनमा प्रहरीलाई घूस दिन खोज्ने दुईजना पक्राउ परेका छन् । राप्ती नगरपालिका १ स्थित सडकमा सवारीसाधन जाँच गर्ने क्रममा ड्युटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ना।७ख ८१९ नम्बरको ट्रक चालक रौतहट राजपुर नगरपालिका ३, पोखरिया टोल बस्ने ३२ वर्षीय अब्दुल मनान देवान र सहचालक राजपुर नगरपालिका ३, पोखरिया टोल बस्ने २५ वर्षीय महमद सितार छन् ।

रौतहटबाट नारायणगढतर्फ जाँदै गरेको ओभर लोड इँटा बोकेको ट्रकलाई अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रहरीलाई जबरजस्ती घूस दिन खोजेपछि दुवैलाई पक्राउ गरेको हो ।

SHARE THIS