सिसहनियाँको नेपाल बैंकका एक कर्मचारीमा कोराना देखिएपछि बैंक र सिसहनियाँ क्षेत्र सिल



सन्तोषकुमार गुप्ता
दाङ, भदौ १४ । दाङ देउखुरीको सिसहिनयाँमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालय सिसहिनयाँका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । राप्ती गाउँपालिका वार्ड नम्बर ५ सिसहनियाँ बजारमा रहेको उक्त बैंकका एक पुरूष कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परिक्षणका क्रममा नगद काउन्टरमा कार्यरत ३० बर्षीय ती पुरूषमा पुष्टि भएको हो । संक्रमण देखिएका पुरूषमा ज्वरो र टाउको दुख्ने समस्या भएपछि कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरी परिक्षण गर्दा ती पुरूषमा कोरोना संक्रमण देखिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंक र सिसहनियाँ बजार क्षेत्र आज बिहानैदेखि आर्को सूचना नआउँदा सम्मका लागि पूर्ण रूपमा सिल गरिएको राप्ती गाउँपालिका ५ नम्बर वडाध्यक्ष गोवद्धन रावतले जानकारी दिनुभयो । बजार क्षेत्र सिल गरिएपछि बिहानै देखि सुनसान रहेको छ भने सुरक्षा व्यवस्था कडाई गरिएको छ । संक्रमित रूपमा हाल होम क्वारेन्टाइनमा रहेको बताईएको छ ।

यस्तै २ चिकित्सक सहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको छ । ‘शनिवार बेलुका ६ वजेदेखि अर्को सूचना जारी नगरेसम्म अस्पताल सिल गर्ने निर्णय भएको अस्पतालका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

अस्पताल सिल गरिएपनि कोरोना रिपोर्ट नेगेटिभ आएको चिकित्सकले बाँकी विरामीको उपचार गर्ने उहाँले बताउनुभयो । अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र पर्ने अन्य क्षेत्र पनि सिल गरिएको छ ।

SHARE THIS