विवाद समाधानका लागि नेकपाले बनायो ६ सदस्यीय कार्यदल

विवाद समाधानका लागि नेकपाले बनायो ६ सदस्यीय कार्यदल
काठमाडौं,साउन २०  । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्रको विवाद अन्त्यका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा महासचिव विष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शङ्‍कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

कार्यदललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिएको बालुवाटार स्रोतले जानकारी दियो ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बिहीबारको वार्तामा कार्यदल बनाएर विवाद समाधान गर्ने समझदारी भएको स्रोतको दाबी छ

SHARE THIS