गोंगबु हत्या प्रकरणमा एकजना पक्राउ

गोंगबु हत्या प्रकरणः चितवनबाट एक ...
काठमाडौं, साउन २६ । गोंगबुमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् ।

प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरिरहेको छ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । मृतक दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको छ ।

सुटकेश र झोलामा फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरमा बोहोराको हत्या भएको खुलेको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरलाई बताए ।

SHARE THIS