आज थारु समुदायको अट्वारी पर्वमा सार्वजनिक बिदा

अट्वारी पर्व मनाइँदै, थारु ...
दाङ, भदौ ७ । आज थारु समुदायले वड्का अट्वारी पर्व धुनधामका साथ मनाउदै छन् । यो पर्व दाङ सहित तराई क्षेत्रमा रहेका थारु समुदायले मनाउने गर्दछन् ।

अट्वारीको अघिल्नो दिन दर खाने चलन छ । त्यस पछि आईतवारको दिन ब्रत बसेकाहरुकाले बेलुकी पख नजिकै लजाशयमा गएर स्नान गर्ने परम्परा छ ।

पर्वको अवसरमा पाँच नम्वर प्रदेश सरकारले दाङ सहित बाँके र बर्दियामा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको गएको बैशाख १० गते बसेको बैठकले थारु समुदायको बाहुल्यता भएको जिल्लामा बिदा दिने निर्णय गरेको थियो ।

हरेक वर्ष कृष्णजन्माष्टमी अर्थात अष्टिम्की पछिको दोस्रो आईतवार अर्थात कुसेऔसी पछिको पहिलो आईतवार यो पर्व मनाउने गरिन्छ ।


SHARE THIS